हिम स्टार उर्जा कम्पनी लिमिटेडले आज (असार २४ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले कुल ११ लाख १९ हजार कित्ता सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेपछि अब बाँकी ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणका लागि ल्याएको हो।
साथै, कर्मचारीका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता सेयर सुरक्षित गरिएको छ। आवेदन न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म दिन सकिनेछ। निष्काशन छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गतेसम्म खुला रहनेछ। कम्पनीले ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ, जसको लागत करिब १ अर्ब २४ करोड रुपैयाँ रहेको छ।
इक्रा नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ भने आईपीओ बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया