सेयर बजारमा देखिएको गिरावट र उतारचढावबारे अर्थमन्त्रीले दिए यस्तो स्पष्टीकरण

सेयर बजारमा देखिएको गिरावट र उतारचढावबारे अर्थमन्त्रीले दिए यस्तो स्पष्टीकरण

अर्थमन्त्रीले पछिल्लो समय सेयर बजारमा देखिएको गिरावट र उतारचढावबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिएका छन्। आर्थिक ऐन, २०८१ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले बजार घट्नुको मुख्य कारण लगानीकर्तामा देखिएको मनोवैज्ञानिक त्रास र चलिरहेको कानुनी कारबाही रहेको बताए।

उनका अनुसार सरकारले पुँजी बजार र बिमा क्षेत्रमा देखिएको अनियमिततामाथि सूक्ष्म निगरानी गरिरहेको छ। हालै मात्र १ खर्ब रुपैयाँभन्दा बढी बिगो दाबीसहित विभिन्न मुद्दा अघि बढेको र यसको केन्द्रमा पुँजी बजार तथा बिमा क्षेत्र रहेको उनले जानकारी दिए।

“अहिले १ खर्बभन्दा बढी बिगोमा मुद्दा चलेको छ। यसको केन्द्रमा क्यापिटल मार्केट र बिमा क्षेत्र देखिएको छ। अनुसन्धान र कारबाहीको यो प्रक्रिया अघि बढ्दै जाँदा कतै ‘म पनि पर्छु कि’ भन्ने भ्रम वा त्रास केही लगानीकर्तामा परेको हुन सक्छ,” अर्थमन्त्रीले भने। सोही मनोवैज्ञानिक असरका कारण बजारमा प्रभाव परेको उनको भनाइ छ।

ठूला अनियमिततामा संलग्नहरूमाथि कानुनी कारबाही अघि बढ्दा बजारमा केही समय अन्यौलता देखिएको उल्लेख गर्दै उनले सरकार सेयर बजारको दैनिक उतारचढावप्रति चिन्तित नरहेको स्पष्ट पारे।

“हामी एक घण्टामा स्टक मार्केट कति तलमाथि जान्छ भनेर हेर्दैनौँ,” अर्थमन्त्रीले भने, “सरकारको ध्यान बजारको दीर्घकालीन स्वास्थ्य र स्थायित्वमा छ।”

उनले लगानीकर्तालाई हल्लाको पछि नलाग्न आग्रह गर्दै बजारको दीर्घकालीन सुधारप्रति विश्वस्त रहन अपिल गरे। सरकारले पुँजी बजारको विकासका लागि नीतिगत काम अघि बढाइरहेको र अहिलेको अवस्था अस्थायी मात्र रहेको उनको दाबी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

capital market governance Nepal capital market investigation Nepal capital market reform Nepal Finance Minister speech Nepal finance ministry Nepal update financial fraud Nepal market government statement stock market institutional investigation Nepal insurance and capital market probe Nepal investor confidence Nepal investor panic Nepal stock market market correction Nepal market downturn explanation Nepal market sentiment Nepal Nepal banking and insurance sector issues Nepal business news Nepal capital market fall Nepal capital market stability Nepal economic news Nepal economic policy update Nepal economic stability Nepal economy update Nepal financial regulation Nepal financial sector investigation Nepal financial system oversight Nepal government policy market Nepal investment sentiment Nepal parliament economic bill 2081 Nepal parliament news Nepal securities market news Nepal stock investors news Nepal stock market crash explanation Nepal stock market volatility NEPSE downturn reasons NEPSE investors fear NEPSE market decline reasons NEPSE UPDATE NEPSE volatility explanation psychological fear stock market Nepal share market news Nepal stock exchange regulation Nepal stock market analysis Nepal stock market corruption Nepal stock market development Nepal stock market instability Nepal stock market long term growth Nepal stock market policy Nepal stock trading psychology Nepal SWARNIM WAGLE STATEMENT The Finance Minister gave this explanation regarding the decline and fluctuations in the stock market.

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स