रवि लामिछानेकाे छुनछेक बहस आज पनि जारी रहने, आदेश कहिले आउँछ ?

रवि लामिछानेकाे छुनछेक बहस आज पनि जारी रहने, आदेश कहिले आउँछ ?
File Photo
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ। बिहीबारबाट रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्ध थुनछेक बहस सुरु भएको थियो । लामिछानेको थुनछेक बहसको आदेश आजै आउने सम्भावना रहेको  छ ।

सरकारी वकिलको तर्फबाट बहस सकिएको छ, तर लामिछानेका केही वकिलको बहस अझै बाँकी रहेकाले आज (आइतवार) पनि उनी अदालतमा उपस्थित भए पछि बहस जारी राखिनेछ।

सहकारी ठगीमा पक्राउ परेका लामिछाने बुधबार पहिलो पटक रुपन्देही अदालतमा उपस्थित भएका थिए। त्यसपछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई पत्नी निकिता पौडेल र कानूनी व्यवसायीको जिम्मामा बिहीबार उपस्थित हुने सर्तमा रिहा गरेको थियो।

सहकारीमा १,८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरिएको आरोपमा २८ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। यो मुद्दा गत बैशाख ३ मा दायर गरिएको भए पनि लामिछानेलाई पूरक उजुरीमा राखिएको हो।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ रवि लामिछानेको नाममा ऋण गएको देखेपछि उनीविरुद्ध उजुरी दायर गरेको हो।

AdvertisementAds

यसअघि, लामिछाने कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए। बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लावाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स