प्रधानमन्त्रीको हरियो गफको भोलिपल्टै लगानीकर्ताको पोर्टफोलियो राताम्मे

प्रधानमन्त्रीको हरियो गफको भोलिपल्टै लगानीकर्ताको पोर्टफोलियो राताम्मे

आज नेप्से परिसूचक ०.३२ अङ्कले बढेर २८७०.९५ मा बन्द भएको छ। १३ उपसमूह मध्ये ५ उपसमूह मात्रै बढेका छन् । आज २१ अर्ब ४६ करोड कारोबार भएको छ। यस दिन ३१६ कम्पनीका ५ करोड १६ लाख हजार सेयर कारोबार हुँदा नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्नो सामाजिक सञ्जालमार्फत पछिल्लो एक वर्षमा सेयर बजारमा देखिएको वृद्धिलाई उपलब्धिको रुपमा प्रस्तुत गरेका थिए। उनले पोस्टमा आफ्नो सरकार आएदेखि २१००मा रहेको बजार २८०० पुगेको भन्दै उपलब्धिको रुपमा प्रस्तुत गरेका हुन्। तर,  प्रधानमन्त्रीको उक्त पोस्ट आएको भोलिपल्ट नै बजार सुरुवातमा केही समय उच्च अंकले बढे पनि अन्त्यसम्म बजार झिनो अंकले मात्र हरियो रहन सक्यो। आज १०५ कम्पनीका सेयर मूल्य बढेका छन् भने १४४ कम्पनीका सेयर मूल्य घटेका छन्। त्यसैले धेरै लगानीकर्ताहरूको पोर्टफोलियो भने राताम्मे भएको छ।

नेप्से ०.३२ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ०.३२ अङ्कले बढ्दा १०५ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश:उन्नति सहकार्य लघुवित्त, ट्रेड टावर लिमिटेड, शिव श्री हाइड्रोपावर, बिन्दबासिनी हाइड्रोपावर र सिटी होटल रहेको छ।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी बढ्यो 12 https://bajarkochirfar.com/the-day-after-the-prime-ministers-green-talk-investors-portfolios-plummeted-overnight | %tags

नेप्से ०.३२ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ०.३२ अङ्कले बढ्दा १४४ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: समृदि फाइनान्स, दोर्दी हाइड्रोपावर, पन्चकन्या माई हाइड्रोपावर, युनियन हाइड्रोपावर र नाडेप लघुवित्त रहेको छ।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी घट्यो BankingSector SensitiveIndex FloatIndex StockMarketNepal NEPSE SectorPerformance NepalStocks 13 https://bajarkochirfar.com/the-day-after-the-prime-ministers-green-talk-investors-portfolios-plummeted-overnight | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स