instainsta

अहिलेको सरकार विशेष परिस्थितिमा बनेको हो यसले आफ्नो अभिभारा पूरा गर्छ: अर्थमन्त्री पौडेल

अहिलेको सरकार विशेष परिस्थितिमा बनेको हो यसले आफ्नो अभिभारा पूरा गर्छ: अर्थमन्त्री पौडेल
AdvertisementAds

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन, उत्पादन र उत्पादकत्व वृद्धि गर्दै जिडिपी सुधार गर्नका लागि नयाँ अध्यादेश ल्याएको बताएका छन्।

आईतवार विश्व भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारको उद्देश्य स्पष्ट गर्दै भने, “अहिलेको सरकार नयाँ सरकार थप्नका लागि बनेको छैन, विशेष परिस्थितिमा यो सरकार गठन भएको हो र यसले आफ्नो अभिभारा पूरा गर्ने छ।”

उनले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै भविष्यमा यस्ता कदमहरु निरन्तर अगाडि बढाइने बताए। साथै, उनले सरकारका चालिएका कदमहरु अन्तिम नभएको र आगामी दिनमा थप कदम चालिने जानकारी दिए। उनले निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्न सरकारको दायित्व रहेको पनि जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स