मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ, जहाँ मन्त्रालय मर्ज र खारेज सम्बन्धी प्रस्तावमाथि छलफल हुने भएको छ। सरकारको योजनाअनुसार हालका ४ मन्त्रालय खारेज गर्ने र ६ वटा मन्त्रालयको नाम परिवर्तन गर्ने तयारी छ।
प्रस्तावमा युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्ने उल्लेख छ। खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर ‘शिक्षा तथा खेलकुद मन्त्रालय’ बनाइनेछ भने विभिन्न सामाजिक क्षेत्रहरू मिलाएर ‘लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय’ बनाउने तयारी छ।
खानेपानी र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभेर नयाँ संरचना बनाइनेछ, साथै केही क्षेत्रहरू प्रधानमन्त्री कार्यालय मातहत ल्याइने योजना पनि छ। सरकारको लक्ष्य संघीय मन्त्रालयको संख्या घटाएर १७ मा सीमित गर्ने र प्रशासनिक सुधारलाई अघि बढाउने रहेको छ।













![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)



![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया