बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको स्थगित आइपीओ बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार भोलि (भदौ ३०) गते सोमबार दिउँसो ४ बजे हुने भएको हो। यसअघि भदौ २५ गते तय गरिएको बाँडफाँड जेन जी प्रदर्शनका स्थगित गरिएको थियो।
कम्पनीले भदौ ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्काशन गरेको थियो। सो आईपीओमा २५ लाख १२ हजार १२२ जनाले आवेदन दिएका थिए। यसअनुसार कुल २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता माग परेको छ।
कुल मागभन्दा झण्डै ७ गुणा बढी आवेदन परेकाले करिब २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुनेछ। भाग्यशाली ४ लाख ३४ हजार १०८ जनाले भने प्रत्येकले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्।


















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया