लेखा समितिले मन्त्री भण्डारीलाई सिमेन्टको भाउ बढेको विषयमा छलफल गर्न बैठकमा बोलायो



Advertisement
Ads

सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई आजको बैठकमा बोलाएको छ।

सिमेन्टको मूल्य वृद्धिको विषयमा मंगलबार बसेको बैठकले मन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय गरेको हो। समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार, मन्त्री भण्डारी र सचिव बुधबार बिहान ११ बजे बैठकमा उपस्थित हुनेछन्।


Advertisement

सिमेन्ट उद्योगीहरूले मिलेमतोमा सिमेन्टको मूल्य अढाइ सय रुपैयाँले वृद्धि गरेपछि निर्माण व्यवसायीहरूले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्ने लगायतका माग राखेर आन्दोलन घोषणा गरेका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर