ठमेल प्लाजा होटल एन्ड सुइट्सले असार २४ गते विशेष साधारणसभा डाकेको छ। यो सभा काठमाडौंको ठमेलस्थित होटलको सभाकक्षमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले होटलको जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ र सर्वसाधारणका लागि आइपीओ जारी गर्ने प्रस्तावलाई पनि अनुमोदन गर्ने तयारीमा छ। यदि नियमनकारी निकायहरूले आइपीओसँग सम्बन्धित कुनै संशोधन वा निर्देशन जारी गरेमा त्यसअनुसार सञ्चालक समितिलाई आवश्यक कदम चाल्न पूर्ण अधिकार दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
साथै, सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने विषयमा पनि निर्णय गर्नेछ।
विशेष साधारणसभाको लागि होटलले असार २१ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ, जसको अर्थ असार २० गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।




















प्रतिकृया