रविलाई टार्गेट गर्दै प्रधानमन्त्री ओलीले भने, “देश चलाउन सहकारी ठगेजस्तो हुँदैन”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २४ गते
रविलाई टार्गेट गर्दै प्रधानमन्त्री ओलीले भने, “देश चलाउन सहकारी ठगेजस्तो हुँदैन”

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा आयोजित कार्यक्रममा देश सञ्चालन सहकारी ठगीजस्तो सजिलो नभएको बताएका छन्। रवि लामिछानेप्रति लक्षित गर्दै उनले देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट आवश्यक पर्ने बताए।

ओलीले नयाँ राजनीतिक शक्तिहरूलाई बाँसको झ्याङमा उम्रिएको नर्कटसँग तुलना गर्दै ती छिटै चम्किएर फेरि ढल्ने खालका हुने तर्क गरे। नयाँ शक्तिबाट देश बन्ने भ्रममा नपर्न आग्रह गर्दै उनले भने, “देश चलाउन सहकारी ठगेजस्तो हुँदैन, बुरुक-बुरुक उफ्रिएर मुख छोडे जस्तो सजिलो पनि हुँदैन।”

प्रधानमन्त्रीले झुट र भ्रम फैलाउनेलाई सरकारले नछोड्ने चेतावनी दिँदै लोकतन्त्रलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। विकासका कामहरूमा खुसी व्यक्त गर्दै उनले नीति र अठोटका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स