रास्वपालाई कटाक्ष गर्दै एमालेका बास्कोटा भन्छन्, “बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?”

रास्वपालाई कटाक्ष गर्दै एमालेका बास्कोटा भन्छन्, “बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?”

नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति कटाक्ष गर्दै बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टिने भन्दै प्रश्न गरेका छन्।

बास्कोटाले आज बिहान सामाजिक सञ्जालमा रास्वपाका नेता तथा कार्यकर्तामाथि टिप्पणी गर्दै लेखेका छन्, “न्याय मरेको छैन भन्थे। अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन, माइक टाइसनभन्दा तीनगुणा बलशाली रहेको प्रमाणित भयो।”

उनले रास्वपा सभापति रवि लामिछाने अझै तीन वटा अदालतमा हाजिर हुनुपर्ने सन्दर्भ निकाल्दै, कालाकोट धुजाधुजा हुने अवस्था आउन लागेकोप्रति खेद प्रकट गरेका छन्। उनले अगाडि थपेका छन्, “अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ। कति कालाकोट धुजाधुजा हुने हुन्? टेलर्स, मिडिया, मेडिकल, म:म, मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?”

बुधबार, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतभित्रै रास्वपाका कार्यकर्ताले आक्रमण गरेका थिए। रवि लामिछानेविरुद्धको थुनछेक बहस सकिएपछि अदालतबाट बाहिरिने क्रममा त्रिपाठीमाथि आक्रमण भएको हो।

यस घटनापछि रास्वपाको आलोचना तीव्र बनेको छ। कानुनविद्हरूले त्रिपाठीमाथिको आक्रमणलाई अस्वीकार्य भन्दै यसले लामिछानेको छवि झन् कमजोर बनाएको बताएका छन्।

download 1 https://bajarkochirfar.com/taking-a-dig-at-the-rashtriya-swayamsevak-sangh-rss-umls-baskota-says-when-will-the-difference-between-a-tiger-and-a-blue-fox-be-known | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स