नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश ‘टेक एन्ड पे’ व्यवस्थाप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो व्यवस्था स्वदेशी लगानीकर्ताको मनोबल घटाउने र समग्र पूर्वाधार विकासलाई संकटमा पार्ने बताएका हुन्।
उनले सरकार एकातर्फ विदेशी लगानी भित्र्याउने प्रयास गरिरहेको देखिए पनि अर्कातर्फ स्वदेशी लगानीकर्ताको बाटो बन्द गर्ने नीति अपनाइरहेको टिप्पणी गरे। सिंहले विदेशी लगानीकर्तालाई ‘टेक अर पे’ जस्ता आकर्षक प्रस्ताव दिदा स्वदेशी लगानीकर्तालाई ‘टेक एन्ड पे’ जस्तो जोखिमपूर्ण संरचना थोपेर हतोत्साहित गरिएको आरोप लगाए ।
भारतसँग १० हजार मेगावाट र बंगलादेशसँग ५ हजार मेगावाट विद्युत् निर्यातको सम्झौता भइसकेको अवस्थामा स्वदेशी लगानीकर्तालाई हतोत्साहित गर्नु दुर्भाग्यपूर्ण भएको उनले उल्लेख गरे।
सिंहले विशेष गरी विद्युत् क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास बोर्डले एकाधिकारजस्तो व्यवहार गर्दै आएको भन्दै आलोचना गरे। उनले यी संस्थाहरूले स्वदेशी परियोजनाहरूमा ‘टेक एन्ड पे’ नीति जबर्जस्ती लागू गर्न खोज्दा निजी क्षेत्रको लगानी जोखिममा परेको बताएका छन्।
सिंहले नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास बोर्डले स्वदेशी परियोजनामाथि एकाधिकार शैलीमा व्यवहार गरिरहेको भन्दै आलोचना गरे। ‘टेक एन्ड पे’जस्तो नीति विद्युत् क्षेत्रमा जबर्जस्ती थोपर्दा समग्र पूर्वाधार विकास, निर्माण क्षेत्र, र निजी लगानीको वातावरण नै जोखिममा पर्ने चेतावनी उनले दिए।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया