स्वस्तिक लघुवित्तले निष्काशन गरेको आईपीओका सेयरहरू लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ।
अब यी सेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया अघि बढ्नेछ। नेप्सेमा सूचीकृत भइसकेपछि त्यसको भोलिपल्टदेखि सेयर कारोबार सुरु हुनेछ।
कम्पनीले साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर बिक्री खुला गरेको थियो। सो आईपीओको बाँडफाँड भदौ १२ गते सम्पन्न भएको थियो, जसमा १९ हजार ५ सय १९ जनाले सेयर प्राप्त गरेका थिए। तीमध्ये ५ जनाले ११ कित्ता सेयर पाएका थिए।














प्रतिकृया