instainsta

सर्वसाधारणका लागि स्वस्तिक लघुवित्तको आइपीओ भोलिदेखि खुल्दै, कहिलेसम्म भर्न पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २९ गते
सर्वसाधारणका लागि स्वस्तिक लघुवित्तको आइपीओ भोलिदेखि खुल्दै, कहिलेसम्म भर्न पाइने ?
AdvertisementAds

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि (साउन ३०) गतेदेखि आम सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्न लागेको छ। कम्पनीले कुल १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर सार्वजनिक निष्काशन गर्नेछ।

यो आईपीओमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ, जहाँ न्यूनतम १० कित्ताको लागि आवेदन अनिवार्य छ। कुल सेयर संख्याका आधारमा करिब १९ हजार ५१९ जना आवेदकले मात्र सेयर पाउने सम्भावना रहेको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड यस निष्काशनको बिक्री प्रबन्धकका रूपमा रहनेछ।

यसअघि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृति प्राप्त नेपालीहरूलाई सेयर निष्काशन गरिसकेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वस्तिकले असार ५ गते आईपीओ निष्काशनको अनुमति पाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स