स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १२ गते
स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि भदौ ३ गतेसम्म बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड भएको छ।

आईपीओमा १९ हजार ५ सय १४ जनाले १०–१० कित्ता सेयर पाएका छन् भने तीमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। कुल २४ लाख १६ हजार ८७४ आवेदकको हात खाली रहेको छ।

कम्पनीले जारी पुँजीको ४० प्रतिशत अनुसार २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। यसमा पहिलो चरणमा १ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि, ११ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २३ हजार १०० कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्काशन गरिएको थियो।

दोस्रो चरणमा बाँकी १ लाख ९५ हजार १९५ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।

कसरी हेर्ने आईपीओको नतिजा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स