सूर्यकुण्ड हाइड्रोको आईपीओ भोलि बाँडफाँड हुँदै

सूर्यकुण्ड हाइड्रोको आईपीओ भोलि बाँडफाँड हुँदै

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) भोलि मंगलबार बाँडफाँड गर्ने भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार मंगलबार बिहान ११ बजे क्यापिटलको कार्यालयमा सेयर बाँडफाँड कार्यक्रम तय गरिएको छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को अन्तिम तथ्याङ्कअनुसार कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबाट ६९ हजार ५१० जनाले १० लाख ४८ हजार ९० कित्ताका लागि आवेदन दिएका छन्। तर, कम्पनीले यस समूहका लागि जम्मा ६८ हजार ९६७ कित्ता सेयर मात्र छुट्याएकाले मागभन्दा करिब १५ गुणा बढी आवेदन परेको हो।

धितोपत्र बाँडफाँड निर्देशिका अनुसार गोला प्रथा (लक्की ड्र) मार्फत सेयर बाँडफाँड हुँदा ६ हजार ८९६ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्। बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ता पाउनेमध्ये ७ जनालाई थप १/१ कित्ताका दरले प्रदान गरिनेछ।

यस अनुसार आवेदन दिएका कुल ६९ हजार ५१० जनामध्ये ६२ हजार ६१४ जना आवेदकको हात खाली रहने देखिन्छ। तथ्याङ्कअनुसार करिब १० प्रतिशत आवेदकले मात्रै सेयर पाउने र बाँकी ९० प्रतिशत लगानीकर्ता सेयरबाट वञ्चित हुनेछन्।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्काशन प्रक्रिया सम्पन्न गरेपछि कम्पनीले अब सर्वसाधारणका लागि पनि आईपीओ खुला गर्ने तयारी गरेको छ। मंगलबार बाँडफाँड भएपछि आईपीओको नतिजा ‘मेरो सेयर’ वेबसाइट, कुमारी क्यापिटलको पोर्टल तथा सिडिएससीको आधिकारिक आईपीओ रिजल्ट वेबसाइट (iporesult.cdsc.com.np) मार्फत हेर्न सकिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स