सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज पुस २२ गतेदेखि आईपीओ निष्काशन गरेको छ। यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।
कम्पनीको जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँमध्ये २०% अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति प्राप्त छ। यसमा १५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि राखिएको छ, जसमा ४०% अर्थात ६ लाख २० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का बासिन्दालाई र बाँकी ६०% अर्थात ९ लाख ३० हजार कित्ता वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का बासिन्दालाई बाँडफाँड गरिनेछ।
त्यस्तै, कुल आईपीओको १०% अर्थात १ लाख ५५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि छुट्याइएको छ, जसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरिसकिएको छ। यस आईपीओमा न्यूनतम १० कित्ताका लागि र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आवेदन प्रक्रिया माघ ६ देखि माघ २१ सम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि पुस २५ देखि माघ ६ सम्म हुनेछ।
कम्पनीले केयर रेटिङ्ग नेपालबाट केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्राप्त गरेको छ, जसले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
स्थानिय बासिन्दाहरुले आवेदन प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक (बेसीशहर शाखा) र हिमालयन बैंक (भुलभुले शाखा) बाट दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु मार्फत C-ASBA प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। स्थानिय बासिन्दाले आवेदन फारामको लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
आईपीओ बिहान १० बजेपछि भर्न सकिनेछ ।

















प्रतिकृया