सुदन किरातीले ५ महिनामै छाडे प्रलोपा

सुदन किरातीले ५ महिनामै छाडे प्रलोपा

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद् सदस्य सुदन किरातीले पार्टी त्यागेको घोषणा गरेका छन्।

उनले अब प्रलोपाको साधारण सदस्य समेत नरहने निर्णय गरेको उल्लेख गर्दै करिब पाँच महिनाको आफ्नो राजनीतिक यात्रामा साथ, मार्गदर्शन र सहयोग गर्ने नेता, कार्यकर्ता तथा कर्मचारीहरूप्रति आभार व्यक्त गरेका छन्। सो अवधिमा प्राप्त अनुभवलाई अमूल्य सम्पत्तिको रूपमा लिएको बताउँदै संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेका छन्।

किरातीले जनताको भरोसा र सहिदहरूको अधुरो सपना पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै जुनसुकै परिस्थितिमा पनि देश र जनताको सेवा तथा समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने स्पष्ट पारेका छन्। आगामी बाटो सहज नहुन सक्ने स्वीकार गर्दै पनि जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढ्ने उनको भनाइ छ।

जेनजी आन्दोलनपछि तत्कालीन नेकपा (माओवादी केन्द्र) परित्याग गरेर उनी प्रलोपामा आबद्ध भएका थिए।

Screenshot 2026 04 22 130329 https://bajarkochirfar.com/sudan-kirati-left-pralopa-in-5-months | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स