राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुदन गुरुङले संसद सदस्यको पदमा रहँदा कुनै तलब नलिने घोषणा गरेका छन्। रास्वपाको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
गुरुङले तलबसँगै अन्य सेवा सुविधा पनि नलिने स्पष्ट पारेका छन्। उनले आफ्नै गाडी रहेको जानकारीसमेत दिएका छन्।
संसद् सदस्य बन्नुभन्दा पहिले पनि सुदन गुरुङले रिपोर्टर्स क्लबमा सांसदले तलब र सेवा सुविधा लिन नहुने बताएका थिए। सांसद बनेपछि पनि उनले आफूले पहिल्यै भनेझैं कुनै तलब वा सेवा सुविधा नलिने निर्णय कायम राखेका छन्।

















प्रतिकृया