मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि पहिलो कारोबार दिनमा सेयर बजार उकालो लागेको छ। बिहीबार कारोबार खुलेको दुई मिनेटमै नेप्से २८२७ विन्दुमा पुगेको थियो, जुन पछिल्लो ६ महिनायता कै उच्च विन्दु हो। यसअघि भदौ १९ गते नेप्से २८६० विन्दुमा पुगेको थियो।
बजार बन्द हुने क्रममा नेप्से परिसूचक ४९.१५ अङ्कले बढेर २८१५.०४ मा बन्द भएको छ। आज १३ उपसमूह सबै उपसमूह बढेको छ । दिनभर ११ अर्ब ३९ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार हिमालयन री इन्स्योरेन्सको भएको छ। यस दिन ३०० कम्पनीको २ करोड ६१ लाख सेयर कारोबार भएको छ।
नेप्से ४९.१५ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ४९.१५ अङ्कले बढ्दा १८६ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: अपर हेवा हाइड्रोपावर, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, दोर्दी हाइड्रोपावर र लिबर्टी इनर्जी रहेको छ।

नेप्से ४९.१५ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ४९.१५ अङ्कले बढ्दा ५२ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: भूगोल इनर्जी, उपकार लघुवित्त, आइएमई लाइफ इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावर रहेको छ।


प्रतिकृया