आज नेप्से परिसूचक ६९.८० अङ्कले बढेर २७२७.५८ मा बन्द भएको छ। आज नेप्स कारोबार सुरु भएको ४४ मिनेटमा २७००को विन्दु पार गरेको थियो । आज १३ उपसमूह सबै बढेको छ। दिनभर १२ अर्ब ९५ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार एनएरएनको भएको छ।यस दिन ३३० कम्पनीको २ करोड ४८ लाख सेयर कारोबार भएको छ । यस अघि भदौ महिनामा नेप्सेमा १२ अर्ब बढीको कारोबार भएको थियो।
नेप्से ६९.८० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ६९.८० अङ्कले बढ्दा २०२ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: उन्नति सहकारी लघुवित्त, एनएमबि लघुवित्त, ग्लोबल आइएमइ लघुवित्त, गुराँस लघुवित्त र भूगोल इनर्जी रहेको छ।

नेप्से ६९.८० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ६९.८० अङ्कले बढ्दा ३७ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: सामुदायिक लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, माथिलो मैलुंग खोला, मन्दाकिनी हाइड्रोपावर र अपर लाहोर हाइड्रोपावर रहेको छ।


प्रतिकृया