फेरि सेयरबजारमा चमक, पाँच महिना यताकै उच्च कारोबार
आज नेप्से परिसूचक ६९.८० अङ्कले बढेर २७२७.५८ मा बन्द भएको छ। आज नेप्स कारोबार सुरु भएको ४४ मिनेटमा २७००को विन्दु पार गरेको थियो । आज १३ उपसमूह सबै बढेको छ। दिनभर १२ अर्ब ९५ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार एनएरएनको भएको छ।यस दिन ३३० कम्पनीको २ करोड ४८ लाख सेयर कारोबार भएको छ । यस अघि भदौ महिनामा नेप्सेमा १२ अर्ब बढीको कारोबार भएको थियो।
नेप्से ६९.८० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ६९.८० अङ्कले बढ्दा २०२ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: उन्नति सहकारी लघुवित्त, एनएमबि लघुवित्त, ग्लोबल आइएमइ लघुवित्त, गुराँस लघुवित्त र भूगोल इनर्जी रहेको छ।
नेप्से ६९.८० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ६९.८० अङ्कले बढ्दा ३७ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: सामुदायिक लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, माथिलो मैलुंग खोला, मन्दाकिनी हाइड्रोपावर र अपर लाहोर हाइड्रोपावर रहेको छ।