insta insta

एक दिनपछि धकेलियो सेयरबजार खुल्ने मिति, अब बिहीबारदेखि मात्रै खुल्ने

एक दिनपछि धकेलियो सेयरबजार खुल्ने मिति, अब बिहीबारदेखि मात्रै खुल्ने
Advertisement Ads

जेनजी आन्दोलनका कारण बन्द भएको सेयर कारोबार अब बिहीबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बजार खोल्ने तयारी भइसकेको छ। नेप्सेले सोमबार नै नेपाल धितोपत्र बोर्डलाई पत्र पठाइसकेको थियो र बोर्डको जवाफ पाएलगत्तै कारोबार सञ्चालन गर्ने योजना बनाएको हो।

यसअघि नेप्सेले असोज २ गतेसम्म कारोबार बन्द रहने सूचना जारी गरेको थियो। तर पछिल्लो निर्णयअनुसार उक्त सूचना खारेज गर्दै असोज १ गते बुधबारबाट बजार खोल्ने तयारी भएको थियो। तर, जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सम्झना गर्दै असोज १ गते शोक दिवस मनाइने र सो दिन सार्वजनिक विदा दिइने भएपछि कारोबार बिहीबारमात्रै सुरु हुने भएको छ।

Screenshot 16 9 2025 1712 nepalstock.com .np https://bajarkochirfar.com/stock-market-opening-date-pushed-back-by-a-day-will-now-open-only-from-thursday | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स