लगातार सातौं दिनको गिरावटपछि आठौं दिन सेयरबजारमा हरियाली
नेप्से परिसूचक १७.२८ अङ्कले बढेर २७३६.४८ मा बन्द भएको छ। १३ उपसमूह मध्ये विकास बैंक र लघुवित्त उपसमूह बाहेक सबै उपसमूह बढेको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोडको कारोबार भएको आज ८ अर्ब २३ करोड कारोबार भएको छ। यस दिन ३२३ कम्पनीका २ करोड २९ लाख सेयर कारोबार हुँदा माछापुच्छ्रे बैंक संस्थापकको सर्वाधिक कारोबार भएको छ। सेयरबजार लगातार सातौ दिन घटेपछि आठौ दिनमा बढेको छ ।
नेप्से १७.२८ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १७.२८ अङ्कले बढ्दा १४६ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: पिपुल्स हाइड्रोपावर, प्रभु इन्स्योरेन्स, दिव्यश्वरी हाइड्रोपावर , घलेम्दी हाइड्रोपावर, र मनकामना इन्जिनियरिङ हाइड्रोपावर रहेको छ।
नेप्से १७.२८ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से १७.२८ अङ्कले बढ्दा २०९ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: विन नेपाल लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, र सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ।