लगातार बढ्न थाल्यो सेयरबजार, कारोबार रकम पनि १० अर्ब माथि
आज नेप्से परिसूचक ११.९१ अङ्कले बढेर २७३९.८२ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये १० उपसमूह बढेको छ भने बाकी उपसमूह घटेको छ । दिनभर १० अर्ब ४३ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार हिमालयन री इन्स्योरेन्सको भएको छ। यस दिन ३१४ कम्पनीको १ करोड ८२ लाख सेयर कारोबार भएको छ।
नेप्से ११.९१ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ११.९१ अङ्कले बढ्दा ८७ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: गुराँस लघुवित्त, इमार्जिंग नेपाल, विन नेपाल लघुवित्त, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, र एलआइसी नेपाल रहेको छ।

नेप्से ११.९१ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ११.९१ अङ्कले बढ्दा १४९ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: सप्तकोशी डेभलपमेन्ट बैंक, भूगोल इनर्जी , एक्सल डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल, र ग्रीन डेभलपमेन्ट बैंक रहेको छ।
