श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ आजदेखि खुल्यो, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ११ गते
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ आजदेखि खुल्यो, क-कसले भर्न पाउने ?

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको छ।

रुपन्देही र पाल्पा जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि कम्पनीले १ लाख ६३ हजार १ सय २५ कित्ता सेयर छुट्याएको छ। यस समूहका आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीयले छिटोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्ने छन् भने पर्याप्त आवेदन नपरेमा आवेदन अवधि असोज ९ गतेसम्म लम्बिनेछ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृति प्राप्त नेपालीका लागि ३ लाख ९ हजार ९ सय ३८ कित्ता शेयर छुट्याइएको छ। यसमा पनि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यो समूहले भदौ १५ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यस चरणपछि कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्नेछ। नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग बिक्री प्रबन्धकको भूमिकामा रहेको छ।

नेपाल धितोपत्र बोर्डले साउन १३ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। स्वीकृतिअनुसार कम्पनीले कुल ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर निष्काशन गर्नेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स