सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड सम्पन्न

सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड सम्पन्न

सोपान फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बाँडफाँड गरेको हो।

कम्पनीले चैत्र ९ देखि चैत्र १२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता सेयर निष्काशन गरेको थियो। एनएमबि क्यापिटलका अनुसार यस आईपीओमा ८२ हजार ९ सय ७९ जनाको आवेदन परेको थियो, तर ८२ हजार ९ सय ५१ जनाको आवेदन मात्र योग्य रहेको थियो। माग भन्दा बढी आवेदन परेकोले सेयर बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। यस क्रममा ४२ हजार ९ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।

656823738 1607023423839622 3035497510885689904 n e1774948479461 https://bajarkochirfar.com/sopan-pharmaceuticals-ipo-allotment-completed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स