स्नो रिभर्स लिमिटेडले आज वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि कुल ७ लाख ७८ हजार १ सय २५ कित्ता सेयर सार्वजनिक निष्काशन गरेको हो।
यस आईपीओमा इच्छुक लगानीकर्ताले जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिनेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले सम्हालेको छ।



















प्रतिकृया