insta insta

महुली लघुवित्तको सीईओमा सिंह नियुक्त

महुली लघुवित्तको सीईओमा सिंह नियुक्त
Advertisement Ads

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सरोज कुमार सिंहलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। संस्थाको सञ्चालक समितिको १६७ औं बैठकले असार २० गते सिंहलाई पहिलो कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

उक्त नियुक्ति बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १६ (२) र नेपाल राष्ट्र बैंकको सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्तिका लागि तोकिएको योग्यता तथा अनुभवसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (ख), ५ (ख) तथा सोही ऐनको दफा २ (क) र दफा २८ अनुसार गरिएको हो।

सिंहको कार्यकाल २०८२ साल साउन १ गतेदेखि सुरु भई २०८६ साल असार मसान्तसम्म रहनेछ।

Screenshot 2025 07 06 114311 https://bajarkochirfar.com/singh-appointed-ceo-of-mahuli-microfinance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स