सन् २०२५ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल कति औं स्थानमा ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ८ गते
सन् २०२५ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल कति औं स्थानमा ?

नेपालको राहदानी फेरि पनि कमजोर सूचीमै परेको छ। द हेन्ली पासपोर्ट इन्डेक्सले सन् २०२५ का लागि सार्वजनिक गरेको सूचीनुसार नेपाल ९५औं स्थानमा छ। ९९ देश समेटिएको उक्त सूचिमा नेपाल र लिविया एउटै स्थानमा छन्। नेपालभन्दा पछाडि यमन, सोमालिया, पाकिस्तान, इराक, सिरिया र अन्तिममा अफगानिस्तान छन्। कमजोर राहदानी सूचीमा नेपालसँगै बंगलादेश, उत्तर कोरिया, प्यालेस्टाइन, सुडान, श्रीलंका र इरिट्रिया पनि छन्।

दक्षिण एसियामा माल्दिभ्स सबैभन्दा माथि ५३औं स्थानमा, भारत ७७औं र भुटान ८४औं स्थानमा छन्।

शक्तिशाली राहदानीको सूचीमा सिंगापुर शीर्ष स्थानमा छ। जापान र दक्षिण कोरिया दोस्रो, डेनमार्क, फ्रान्स, जर्मनी, इटालीलगायत तेस्रो स्थानमा छन्। बेलायत छैटौं, अमेरिका दसौं स्थानमा रहेको छ।

नेपालको पासपोर्ट अघिल्ला वर्षहरूमा पनि कमजोर सूचीमै पर्न आएको छ। हेन्ली पासपोर्ट इन्डेक्सअनुसार, नेपाली राहदानीले भिसा बिना यात्रा गर्न सक्ने देशहरूको संख्या कम भएका कारण यस्तो र्‍यांक आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स