सिन्धु विकास बैंकको नाफा २८७% ले उकालो, इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा आम्दानीमा सुधार

सिन्धु विकास बैंकको नाफा २८७% ले उकालो, इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा आम्दानीमा सुधार
Advertisement Ads

सिन्धु विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा २८७.६० प्रतिशतले बढेर ११ करोड ७८ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेपनि इम्पेयरमेन्ट चार्ज घट्दा बैंकको नाफा उल्लेख्य रूपमा बढेको हो।

चौथो त्रैमाससम्ममा सिन्धु विकास बैंकको खुद ब्याज आम्दानी ३०.१४ प्रतिशतले घटेर १३ करोड ३८ लाखमा सीमित भएको छ भने सञ्चालन आम्दानी ३०.४९ प्रतिशतले घटेर १५ करोड ७ लाख रुपैयाँमा आएको छ। यता, इम्पेयरमेन्ट चार्ज भने ११ लाख रुपैयाँबाट घटेर १७ करोड ९० लाख रुपैयाँ ऋणात्मक भएको छ।

बैंकको खराब कर्जा अनुपात ४.६० प्रतिशतबिन्दुले घटेर ६.०३ प्रतिशतमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकले निक्षेप ३.५८ प्रतिशतले घटेर ५ अर्ब ६८ करोडमा सिमित भएको छ भने कर्जा प्रवाह पनि ९.३४ प्रतिशतले घटेर ३ अर्ब २५ करोडमा सिमित भएको  छ।

बैंकको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको वितरणयोग्य नाफा २० करो करोड ७६ लाख रुपियाँ ऋणात्मक रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६९ पैसाले बढेर २१ रुपैयाँ १५ पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ ८६ रुपैयाँ ७० पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

SINDU https://bajarkochirfar.com/sindhu-bikas-banks-profit-rises-by-287-earnings-improve-as-impairment-charge-reverses | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स