सिन्धु विकास बैंकले दुई वर्षपछि १४ र १५औं वार्षिक साधारणसभा एकैपटक गर्दै हकप्रद सेयर जारी गर्ने र मर्जरको प्रस्ताव अघि बढाएको छ।
बैंकले प्रदेश स्तरको विकास बैंक बन्नका लागि आवश्यक १ अर्ब २० करोड रुपैयाँ पुँजी थप गर्न पहिलो चरणमा १ बराबर १.१६ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताब पारित गरेको छ। साधारणसभाबाट गाभ्ने वा गाभिन सक्ने सम्बन्धमा सहमति जुटाई सञ्चालक समितिलाई निर्णय गर्ने अख्तियारी प्रदान गरिएको छ।
कम्जोर संस्थागत सुशाशन रहेको सिन्धु विकास बैंकको गत आर्थिक वर्षको अन्तिम त्रैमासिकमा पुँजी कोषको अवस्था कमजोर देखिएपछि राष्ट्र बैंकले गत असार ११ गतेदेखि शीघ्र सुधारात्मक कारबाही सुरु गरेको थियो।


प्रतिकृया