सिद्धार्थ फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा जारी गर्न लागेको हो। यस आईपीओको बिक्री प्रबन्धकको रूपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।
सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष डा। ऋषिराम शर्मा र सिद्धार्थ क्यापिटलको तर्फबाट चिफ बिजनेस अफिसर रिकेश श्रेष्ठले हस्ताक्षर गरेका छन्।
विसं २०४३ माघ ११ गते स्थापना भएको सिद्धार्थ फर्मास्युटिकल्सले २०४६ सालदेखि औपचारिक उत्पादन सुरु गरेको हो। कम्पनीले गुणस्तरीय, सुरक्षित र किफायती औषधि उत्पादन गरेर नेपाली स्वास्थ्य क्षेत्रमा योगदान दिँदै आएको छ र यसले डब्ल्यूएचओ-जीएमपी प्रमाणपत्र प्राप्त गरेको जनाएको छ।
कम्पनीको मुख्य लक्ष्य भनेको “कुनै पनि बिरामी उच्च गुणस्तरीय र किफायती औषधिबाट वञ्चित नहोस्” हो। यसको अत्याधुनिक उत्पादन प्लान्ट रूपन्देही जिल्लाको तिलोत्तमा–१५ मा अवस्थित छ, जहाँ प्लान्टको भौतिक संरचना र उत्पादन प्रक्रिया डब्ल्यूएचओ-जीएमपी मापदण्ड अनुसार सञ्चालन हुन्छ र उत्पादन इकाइहरूमा अत्याधुनिक तथा विश्वस्तरीय उपकरण प्रयोग भइरहेको छ।




















प्रतिकृया