सिद्धार्थ इक्विटी फण्ड २ नेप्सेमा सूचीकृत, कहिलेदेखि दोस्रो बजारमा कारोबार सुरु हुने ?

सिद्धार्थ इक्विटी फण्ड २ नेप्सेमा सूचीकृत, कहिलेदेखि दोस्रो बजारमा कारोबार सुरु हुने ?
Advertisement Ads

सामूहिक लगानी कोष इकाई ‘सिद्धार्थ इक्विटी फण्ड २’ (SEF2) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

नेप्से र योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडबीच मंगलबार सूचीकरण सम्झौता सम्पन्न भएको हो। प्रति इकाई १० रुपैयाँ अंकित तथा चुक्ता मूल्यका १२ करोड ५० लाख इकाई धितोपत्र नेप्सेमा सूचीकृत गरिएको छ।

यसअघि सिद्धार्थ क्यापिटलले सर्वसाधारणका लागि १२ करोड ५० लाख इकाई बिक्री खुला गरेको थियो। वितरण सम्पन्न भएपछि धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम साउन १५ गतेको निर्णयअनुसार उक्त इकाई नेप्सेमा सूचीकृत गरिएको हो।

नेप्सेका अनुसार सिद्धार्थ इक्विटी फण्ड २ (SEF2) को दोस्रो बजार कारोबार साउन २० गतेदेखि सुरु हुनेछ। सूचीकरणपछि आवश्यक RTS (Registrar to Share Service) सेवा सिद्धार्थ क्यापिटल लिमिटेडले उपलब्ध गराउनेछ।

Screenshot 4 8 2026 123216 www.nepalstock.com https://bajarkochirfar.com/siddhartha-equity-fund-2-listed-on-nepse-when-will-trading-start-on-the-secondary-market | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स