सिद्धार्थ बैंकको नाफा १ अर्ब ६६ करोड रुपैयाँ

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ७ गते
सिद्धार्थ बैंकको नाफा १ अर्ब ६६ करोड रुपैयाँ

सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ०.९४ प्रतिशतले घटेर १ अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी ५.३७ प्रतिशतले बढेर ६ अर्ब ३३ करोड रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी २.४० प्रतिशतले घटेर २ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ।

इम्पेयरमेन्ट चार्ज १ अर्ब ७१ करोड रुपैयाँबाट बढेर २ अर्ब २२ करोड रुपैयाँमा पुगेको छ। यस्तै खराब कर्जा अनुपात १.५२ प्रतिशतबिन्दुले बढेर ४.०४ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ४७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ०७ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १८ करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा १४ अर्ब ९५ करोड रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ०.२१ रुपैयाँले घटेर १५ रुपैयाँ ८९ पैसामा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ४८ पैसामा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स