वाणिज्य बैंकहरूको कमाई ४९ अर्ब माथि: कुमारीको नाफामा १३ गुणाको ऐतिहासिक वृद्धि, प्रभु बैंकको सर्वाधिक गिरावट !

वाणिज्य बैंकहरूको कमाई ४९ अर्ब माथि: कुमारीको नाफामा १३ गुणाको ऐतिहासिक वृद्धि, प्रभु बैंकको सर्वाधिक गिरावट !

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म नेपालका वाणिज्य बैंकहरूको खुद नाफा औसत १९.३० प्रतिशतले वृद्धि भएको छ। २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समग्र नाफा गत वर्षको सोही अवधिको ४१ अर्ब २५ करोड १० लाख रुपैयाँबाट बढेर ४९ अर्ब २१ करोड २१ लाख रुपैयाँ पुगेको हो। अधिकांश बैंकहरूको नाफा बढे पनि केही बैंकहरूको नाफा घटेको देखिएको छ।

नाफा वृद्धिदरका आधारमा कुमारी बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकको नाफा १३६१.७६ प्रतिशतले वृद्धि भई ४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि १२९.३४ प्रतिशतले बढेको छ।

यस अवधिमा सात वटा बैंकको नाफा घटेको छ, जसमा प्रभु बैंकमा सबैभन्दा ठूलो गिरावट देखिएको छ भने ग्लोबल आइएमई बैंकमा तुलनात्मक रूपमा कम गिरावट रहेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक र एनआईसी एसिया बैंकको नाफा पनि घटेको छ।

कुल नाफाको आधारमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ, जसले ६ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएको छ। त्यसपछि ग्लोबल आइएमई बैंकले ४ अर्ब ४० करोड रुपैयाँ, कुमारी बैंकले ४ अर्ब १७ करोड रुपैयाँ, एभरेष्ट बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब १३ करोड रुपैयाँ र प्राइम कमर्सियल बैंकले ३ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएका छन्।

Q2 Bank Table https://bajarkochirfar.com/commercial-banks-earnings-exceed-rs-49-billion-kumaris-profit-sees-historic-13-fold-increase-prabhu-banks-biggest-decline | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स