सिद्धार्थ बैंक लिमिटेडले पुस २८ गते आफ्नो २३ औं वार्षिक साधारण सभा बोलाएको गरेको छ। सो सभा काठमाडौँको आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान १०:३० बजे सुरु हुनेछ।
सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, बैंकले ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर १०० रुपैयाँको दरमा जारी गर्ने प्रस्ताव राख्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसले पुस १३ गतेसम्म कायम सेयरधनीहरू साधारण सभामा सहभागि भइ बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।



















प्रतिकृया