श्रीनगर एग्रीटेक इन्डस्ट्रीज लिमिटेडले आज असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर जारी गर्न अनुमति पाएको हो।
यसअघि कम्पनीले उक्तमध्ये ३ लाख ९ हजार ९३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई र १ लाख ६३ हजार १२५ कित्ता आयोजना प्रभावितहरूलाई वितरण गरिसकेको छ।
अब बाँकी आईपीओमध्ये कम्पनीले १ लाख ५४ हजार ९६९ कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख २३ हजार ९७५ कित्ता कर्मचारीका लागि सुरक्षित राखी, २५ लाख १० हजार ४९३ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो।
लगानीकर्ताले यसमा घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अन्तिम मिति असोज २९ गते तोकिएको छ।
यस निष्काशनको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया