श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालयमा बाँडफाँड गरिएको हो।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशत, अर्थात् ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरका ३ लाख ९ हजार ९३८ कित्ता साधारण सेयर (प्रति सेयर १०० रुपैयाँ अंकित दर) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीहरूका लागि भदौ ११ देखि १६ गतेसम्म निष्काशन गरेको थियो।
यस शेयरमा कुल ६४ हजार ८१२ जनाले १० लाख १५ हजार ४७० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ६४ हजार ७९ वटा आवेदन स्वीकृत भएका थिए भने १३ आवेदन रद्द भएका थिए।
मागभन्दा बढी आवेदन परेको हुँदा बाँडफाँड गोलाप्रथा प्रक्रियामार्फत गरिएको छ। यसअनुसार ३० हजार ९९३ जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन्। बाँकी रहेका ८ कित्ता सेयर सोही लगानीकर्तामा बाँडफाँड गर्दा भाग्यमानी ८ जनाले कम्पनीका कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।



















प्रतिकृया