आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि शिखर पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) भर्ने म्याद लम्बिएको छ।
यसअघि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्काशन माघ २० गतेसम्म मात्र खुला रहने भनिएको थियो। तर, मागअनुसार आवेदन नपरेपछि अब स्थानीयले फागुन ८ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। तोकिएको अवधिभन्दा अघि नै पर्याप्त आवेदन परेमा जुनसुकै समयमा पनि आईपीओ निष्काशन बन्द गर्न सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ।
कम्पनीले पहिलो चरणमा गत माघ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने यो आईपीओको निष्काशन माघ ९ गतेमै बन्द भइसकेको छ।
शिखर पावरले कुल निष्काशनमध्ये ९ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ। यसमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं १ देखि १० सम्मका सम्पूर्ण वडाका बासिन्दा तथा आयोजनाको विद्युत् प्रसारण लाइनबाट प्रभावित बागलुङकै ढोरपाटन नगरपालिका वडा नं २, ३, ४ र ५ का स्थानीयहरू समावेश छन्।
स्थानीय बासिन्दाले उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आवेदनका लागि ग्लोबल आइएमई बैंकका नक्साल, बुर्तिवाङ र बागलुङ बजार शाखा, प्रभु बैंकको ग्वालीचौर शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा तथा शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखामार्फत आवेदन दिन सकिनेछ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया