एनआरएनको अध्यक्षबाट बाहिरिए शेष घले, सितारामको इन्ट्री

एनआरएनको अध्यक्षबाट बाहिरिए शेष घले, सितारामको इन्ट्री
AdvertisementAds

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको १२औं वार्षिक साधारणसभाबाट नयाँ संचालक समिति चयन भएको छ। यसपटक संचालक समितिको नेतृत्व दोस्रो बजारबाट सेयर खरिद गरेका लगानीकर्ताले सम्हाल्ने भएका छन्।

साधारणसभाबाट सेयरबजारका लगानीकर्ता सिताराम थपलिया, राजिव प्रसाद प्याकुरेल, तिलक कोइराला, विश्वराज नेपाल र दिनुका पोख्रेल संचालकमा निर्वाचित भएका छन्। संस्थापक समूहबाट भने केवल बिमल कुमार भट्टराईमात्र संचालकमा निर्वाचित भएका छन्।

यसअघि कम्पनीका संस्थापक र एनआरएनका पूर्व अध्यक्ष शेष घलेले आफ्नो प्रभावका आधारमा चाहेका व्यक्तिहरुलाई सञ्चालक समितिमा जिताउँदै आएका थिए। तर, यसपटक भने दोस्रो बजारका लगानीकर्ताहरुको बलियो उपस्थिति र रणनीतिले उनको प्रभावलाई कमजोर बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स