शेरबहादुर देउवा भन्छन्, “राजतन्त्रको कुनै माहोल छैन, त्यो हल्ला मात्रै हो”

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २६ गते
शेरबहादुर देउवा भन्छन्, “राजतन्त्रको कुनै माहोल छैन, त्यो हल्ला मात्रै हो”

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा कुनै समस्या नभएको बताएका छन्। आज धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले वर्तमान गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पारे।

राजतन्त्र पुनःस्थापनाका विषयमा उठेका चर्चाबारे उनले कुनै वास्तविक माहोल नभएको बताउँदै भने, “त्यो केवल हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन।”

देउवा पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन अन्य नेतासहित धनगढी पुगेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स