प्रभु बैंकको सीईओमा शर्मा नियुक्त, को हुन् ?

प्रभु बैंकको सीईओमा शर्मा नियुक्त, को हुन् ?

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन्। माघ २० गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार, शर्माको कार्यकाल चार वर्षको हुनेछ।

काठमाडौं जिल्ला, कागेश्वर मनोहरा नगरपालिका वडा नं ८ का शर्मा बैंकिङ क्षेत्रमा लामो अनुभव राख्ने वरिष्ठ पेशेवर हुन्। उनले माछापुच्छ्रे बैंक र तत्कालिन सनराइज बैंकमा सीईओको जिम्मेवारी सफलता साथ निभाइसकेका छन् भने ग्लोबल आइएमई बैंकमा डेपुटी सीईओको रूपमा पनि काम गरिसकेका छन्।

शर्माले बैंकिङ क्षेत्रमा आफ्नो करियर नेपाल एसबिआई बैंकबाट सुरु गरेका थिए र त्यसपछि एनएमबि बैंकमा करिब १० वर्ष काम गरेका थिए।

622535308 728728203434897 289512715287134199 n https://bajarkochirfar.com/sharma-appointed-as-ceo-of-prabhu-bank-who-is-he | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स