शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण ६ गते
शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
AdvertisementAds

शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकरलाल अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार काठमाडौंको डिल्लीबजारबाट उनलाई पक्राउ गरेको हो।

सीआईबीका अनुसार अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए। उनीविरुद्ध अनुसन्धान गरिएको कर्जा दुरुपयोगसम्बन्धी मुद्दा हाल उच्च अदालत पाटनमा विचाराधीन छ।

पक्राउपछि अग्रवाललाई आवश्यक कानुनी प्रक्रियाका लागि उच्च अदालत पाटनमा उपस्थित गराइने सीआईबीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स