संस्थापकले नकिनेपछि सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणलाई खुला

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १९ गते
संस्थापकले नकिनेपछि सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणलाई खुला
AdvertisementAds

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १५ हजार २७ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

बैंकका संस्थापक सेयरधनी इन्द्र प्रसाद शेरचनको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई ३५ दिनको सूचना जारी गरी खरिदका लागि प्रस्ताव गरिएको थियो। तोकिएको अवधिभित्र सेयर बिक्री हुन नसकेपछि बैंकले अब सर्वसाधारण व्यक्ति तथा संस्थालाई खरिदका लागि अवसर दिएको हो।

उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स