काठमाडौंमा जारी शिक्षक आन्दोलनको २६औँ दिन आइतबार प्रहरीसँग भएको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ। बैठक आइतबार दिउँसो ३ बजे बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बस्नेछ।
महासंघका अनुसार झडपमा कैयौँ शिक्षक घाइते भएका छन्। आइतबार शिक्षकहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो। जवाफमा शिक्षकहरूले ढुंगा प्रहार गरेको र एक जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।




















प्रतिकृया