२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज शुक्रबार सार्वजनिक हुने भएको छ। नतिजा प्रकाशनसम्बन्धी निर्णयका लागि राष्ट्रिय परीक्षा बोर्डले बोर्ड बैठक बोलाएको छ, र सो बैठकपछि नै नतिजा सार्वजनिक गरिनेछ।
यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।
नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले विभिन्न २० माध्यमबाट नतिजा हेर्न सक्नेछन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा हेर्नका लागि ५ वटा एसएमएस र आईभिआर सेवा उपलब्ध हुनेछन् भने १५ वटा फरक–फरक वेबसाइटमार्फत पनि नतिजा प्राप्त गर्न सकिनेछ।
बोर्डले परीक्षा नियन्त्रण कार्यालय कक्षा १० बाट सञ्चालित नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित गर्नका लागि सम्बन्धित संस्थाहरुलाई छुट्टाछुट्टै सर्टकोड (SMS र IVR) तथा वेबसाइटको प्रयोग गर्न स्वीकृति दिएको छ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको आधिकारिक वेबसाइट बाट परीक्षाको नतिजा हेर्न सकिन्छ ।











![काठमाडौंका ९२ वटा निजी विद्यालयको अनुमति रद्द हुँदै, कुन कुन परे ? [नामसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/01/Stay-Updated-With-3-9-768x403.png)







![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)
प्रतिकृया