insta insta

अवार्डसहित लन्डनमा किताव जात्रा फेस्टिभलको दोस्रो संस्करण

अवार्डसहित लन्डनमा किताव जात्रा फेस्टिभलको दोस्रो संस्करण
Advertisement Ads

लन्डन– किताव यात्रा फाउन्डेशनले मंगलबार किताव जात्रा फेस्टिभल गरेको छ ।

लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा दूतावास भवनमा अवार्ड वितरण, कविता वाचन, अन्तरक्रिया तथा पुस्तक प्रदर्शनसहित यूकेको दोस्रो संस्करण भएको हो ।

वि.सं. २०७५ बाट शुरु भएको किताव जात्रा फेस्टिभल भारतमा चार र नेपालमा ६ पटक भइसकेको छ भने यूके दोश्रो संस्करण भएको आयोजकले जनाएका छन् ।

प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपाली कला संस्कृति र साहित्यलाई डायष्पोरामा समेत प्रवर्धन गर्न फाउण्डेशनले निर्वाह गरेको भूमिका सरहानीय भएको बताए ।

वरिष्ठ सञ्चारकर्मी टिकाराम यात्री मोडरेटर रहेको पहिलो सेसनमा राजदूत घिमिरेले निजामति कर्मचारी छंदा सिंहदरबारमा थिचिएको अनुभूति हुने भएपनि राजदूत बनेपछि उन्मुक्त, स्वतन्त्र तर चुनौति भारी रहेको बताए ।

‘विल्कुल अर्को समुदायमा नेपाल सरकारकै प्रतिनिधि भएर सबै आँफैंले जिम्मेवारी लिनुपर्ने हुंदोरहेछ’, उनले सुनाए, ‘गर्नुपर्ने धेरै हुन्छ। प्राथमिकता धेरै छन् । त्यसलाई साकार बनाउन लागिरहेको छु ।’

दूतावासको कन्सुलर सेवा चुस्त बनाउनुबाहेक आफू विशेष गरि इकोनोमी डिप्लोमेसीमा लागेको उनले बताए । ‘अहिलेसम्म यहांका प्रधानमन्त्रीको नेपाल भ्रमण नहुनु दुःखद भएकाले त्यसका लागि पहल भइरहेको छ । दोहोरो कर उन्मुक्तिमा काम गरिरहेका छौं’, उनले थपे ।

राजदूत घिमिरेले एक प्रसंगमा बेलायतमा नेपाली संघसंस्था धेरै खोल्नु भन्दा राम्रो बनाउन सुझाव दिए ।

विशेष अतिथी लर्ड रेमी रेन्जरले डिजिटल युगमा सबै रमाइरहंदा आफ्नो कला संस्कृति, किताव पढ्ने बानी नबिर्सन आग्रह गरे । यस्ता महोत्सवले नयाँ पुस्तालाई पनि उर्जा मिल्ने जनाउंदै लर्ड रेन्जरले गोर्खा सैनिक रोल मोडल कम्युनिटी भएकाले आफूले सम्मान गर्ने बताए ।

विभिन्न व्यक्तित्वलाई अवार्ड प्रदान

सो अवसरमा किताव यात्रा फाउन्डेशनले बेलायतको समुदायमा रहेर विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका तथा योगदान दिएका व्यक्तिहरुलाई अवार्ड प्रदान गरेको छ ।

किताव जात्रा डायष्पोरा लाइफ टाइम अचिभमेन्ट अवार्ड बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीलाई, किताव जात्रा डायष्पोरा लिटरेचर अवार्ड कृष्ण बजगाईं, किताव जात्रा डायस्पोरा जर्नालिज्म अवार्ड अनलाइन खबरका बेलायत संवाददाता नवीन पोखरेल, किताव जात्रा डायष्पोरा मिडिया अवार्ड कुशल श्रेष्ठ, किताव जात्रा डायष्पोरा अन्टरप्रिनरसीप अवार्ड (फिमेल) डा. रक्षा थापा, अन्टरप्रिनरसीप अवार्ड (मेल) छोङ् शेर्पा, र युथ आइकन व्यवसायी विकास नेपाललाई प्रदान गरिएको छ । राजदूत घिमिरे र सञ्चारकर्मी टिकाराम यात्रीले अवार्ड प्रदान गरे ।

दोस्रो छलफलमा माइकल हट, संगीता स्वेच्छा, गोपी सापकोटा र कृष्ण बजगाईं प्रमुख वक्ता थिए । उनीहरुले ‘नेपाली कला, संस्कृति र साहित्यको विश्वव्यापीकरण’ विषयमा वहस गरे ।

सञ्चारकर्मी यात्रीले मोडरेट गरेको उक्त छलफलमा अन्तर्राष्ट्रिय जगतमा नेपाली साहित्यको अवस्था, डायष्पोरा साहित्यको गुणस्तर, चुनौति आदि विषयमा वक्ताहरुले आआफ्ना धारणा राखे ।

आयोजक किताव यात्रा फाउन्डेशनका निर्देशक ऋषिराम अधिकारीले सबैको साथ सहयोगप्रति आभार व्यक्त गर्दै पठन संस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउनु, किताव प्रदर्शनी, उद्यमशीलता प्रवद्र्धन एवं श्रष्टा सम्मान कार्यक्रमको उद्देश्य रहेको प्रष्ट्याए ।

अधिकारीले फाउण्डेशनले साहित्यिक महोत्सवबाहेक नेपालका विभिन्न २० ठाउँमा पुस्तकालय निर्माण, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान समेत गरेको बताए ।

सिभिरा लामा रुइतले सञ्चालन गरेको कार्यक्रममा कविता वाचन समेत भएको थियो । साहित्यकारहरु जगत नवोदित, निर्भिकजंग रायमाझी, गजलकार नृपेश उप्रेती, भारतीय कवि शाहज खानले आआफ्ना रचना सुनाए ।

536819468 1720732151905624 6276209854857202917 n https://bajarkochirfar.com/second-edition-of-kitav-jatra-festival-in-london-with-awards | %tags 535007124 1049068327093036 2838227585040669359 n https://bajarkochirfar.com/second-edition-of-kitav-jatra-festival-in-london-with-awards | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स