शिक्षा मन्त्रालयले खुलाएको छात्रवृत्तिका लागि सिटहरू अझै खाली, विद्यार्थीहरुलाई आवेदन दिन प्रधानमन्त्रीको आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १३ गते
Advertisement Ads
शिक्षा मन्त्रालयले खुलाएको छात्रवृत्तिका लागि सिटहरू अझै खाली, विद्यार्थीहरुलाई आवेदन दिन प्रधानमन्त्रीको आग्रह
Advertisement Ads

प्रधानमन्त्री केपी शर्मा ओलीले छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आवश्यक संख्या नपुगेका कारण केही छात्रवृत्ति सिटहरू अझै खाली रहेको जानकारी दिँदै आवेदन दिन आग्रह गरेका हुन्।

उनका अनुसार शिक्षा मन्त्रालयद्वारा विभिन्न विषयका छात्रवृत्तिका लागि आवेदन खुलाइएको थियो, तर आवश्यक संख्यामा आवेदन नआएकाले केही सिटहरू खाली रहेका छन्।

प्रधानमन्त्री ओलीले लेखेका छन्, “शिक्षा मन्त्रालयबाट विभिन्न विषयका छात्रवृत्तिका लागि आवेदन खुलाइए पनि आवश्यक संख्या नपुगेका कारण केही सिटहरू खाली रहेको सूचना पाएको छु। खाली रहेका सिटहरूमा छिटो (एक-दुई दिनभित्रै) आवेदन दिनुहोला।”

खाली रहेका सिटहरू यस प्रकार छन्:

  • अन्डर ग्रयाजुएट एमबीबीएस: १ जना
  • पोस्ट ग्रयाजुएट इन्जिनियरिङ: ७ जना
  • एग्रीकल्चर: ३ जना
  • पीएचडी इन्जिनियरिङ: १ जना
  • भेटेरिनरी: १ जना
  • आइटी: ४ जना
  • मेडिकल साइन्स: २ जना
  • कन्जरभेसन: १ जना

प्रधानमन्त्रीले इच्छुक विद्यार्थीहरूलाई छिटो आवेदन दिन आग्रह गर्दै आवेदन पठाउने ठेगाना पनि सार्वजनिक गरेका छन्: [email protected]

Advertisement Ads

download 16 https://bajarkochirfar.com/seats-for-scholarships-announced-by-the-ministry-of-education-are-still-vacant-prime-minister-urges-students-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स