केपी शर्मा ओलीले सुकुम्वासी तथा गरिब समुदायको पक्षमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। नेकपा एमालेका अध्यक्ष ओलीले दमकमा तीन पाङ्ग्रे सवारी चालकहरूसँगको भेटमा बोल्दै कोही पनि भोकै नबस्ने र भोकै नमर्ने समाज निर्माण गर्ने नीति आफ्नो पार्टीको प्राथमिकतामा रहेको उल्लेख गरे। उनले सुकुम्वासी र गरिब वर्गका मुद्दामा एमालेले सबैभन्दा बढी ध्यान दिएको दाबी गर्दै भोकमरीको अवस्था झन्डै अन्त्य गरिएको तथा गरिबी न्यूनीकरणका लागि निरन्तर प्रयास भइरहेको बताए।
ओलीले स्वास्थ्य बिमा कार्यक्रमलाई परिमार्जन गर्दै ३ हजार ५ सय रुपैयाँ तिरेर १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था आफू नेतृत्वको सरकारले गरेको जिकिर गरे। साथै, झापाको विकासलाई आफूले तीव्रता दिएको दाबी गर्दै मूलभूत सडक पूर्वाधारमा उल्लेख्य प्रगति भएको बताए। “विकास कहिल्यै सकिँदैन, अझै काम बाँकी नै हुन्छ,” उनले भने, “म प्रधानमन्त्री हुनुभन्दा अघि अवस्था कठिन थियो, अहिले धेरै मूलभूत बाटा पक्की भइसकेका छन् र थप कनेक्सन जोड्न बाँकी छ।” दमक ठूलो नगरपालिका भएकाले यसको दीर्घकालीन विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता उनले व्यक्त गरे।
उनले विराटनगरमा एउटा कार्यक्रम सकेर सोही दिन काठमाडौं फर्किने कार्यक्रम रहेको जानकारी समेत गराए।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया