सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार आचार्य नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको निर्णयअनुसार उनलाई आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गरिएको हो।
हाल नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत आचार्यले आज माघ १२ गतेदेखि नयाँ कार्यभार सम्हाल्नेछन्। बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेको पदावधि २०८२ माघ ११ गते समाप्त भएकाले रिक्त भएको उक्त पदमा आचार्यलाई चयन गरिएको बैंकले जनाएको छ।
बैंकका कम्पनी सचिव रुद्र प्रसाद बन्जाराद्वारा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पठाइएको पत्रअनुसार, सञ्चालक समितिको निर्णयसँगै आचार्यले आगामी चार वर्षसम्म बैंकको नेतृत्व सम्हाल्नेछन्। लामो समयदेखि सानिमा बैंकमै आबद्ध रहेका आचार्यसँग बैंकिङ क्षेत्रमा अनुभव रहेको छ।














![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया